२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजदेखि नारायणगढ-मुग्लिन सडक नियमित सञ्चालनमा



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०: ३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो ।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन शुरु हुने नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिए ।

सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ । सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भने, “हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ ।” यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिए ।

जुनसुकै बेला सो पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिएको उनको भनाइ छ । गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो । रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उनको भनाइ छ ।

यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको थियो । सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ११ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले