२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको अन्तरक्रिया सम्पन्न



बुटवल । राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको अन्तरक्रिया तथा सहभोज कार्यक्रम रूपन्देहीको बनबाटिकामा सम्पन्न भएको छ ।

महासंघ रूपन्देहीका अध्यक्ष नगेन्द्र पाण्डे कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका संस्थापक अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले महासंघले सामाजिक सेवाभावलाई अगाडि बढाईरहेको बताए ।

उनले महासंघ अन्तर्गत देशभर ४ हजार सदस्य रहेको बताए । उनले आफ्नो संस्थाले ११० जनालाइ पालन पोशण र शिक्षा दिक्षा दिएको जानकारी दिए ।

सो कार्यक्रममा रूपन्देहीको बुटवल १५ चम्किपुरमा २ कठ्ठा जग्गा दान दिएका बाबुराम तिवारीलाइ सम्मान गरिएको थियो भने अन्य दाता तथा सहयोगीलाइ सम्मान गरिएको महासंघ रूपन्देहीका तुलसीराम भण्डारीले बताए ।

सो अबसरमा सिद्धार्थ नगरपालिकाका मेयर हरि अधिकारीले समाजसेवा सबैभन्दा ठूलो सेवा भएको बताए । कार्यक्रममा महासंघका सचिव कृष्णप्रसाद काफ्ले, उदयराज काफ्ले,दयाराम न्यौपाने लगायतले बोल्दै परोपकार संस्थालाइ देशभरी फैलाउनुपर्ने बताएका थिए ।

सो अबसरमा नेपाल परोपकार महासंघ नेपालको तिलोत्तमा नगर समिति गठन गरिएको थियो । समितिको अध्यक्षमा होमकुमार केसी ,उपाध्यक्षमा कमला पराजुली ,सचिब भगवती देबि भट्टराई लगायत रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : २८ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन