२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको अन्तरक्रिया सम्पन्न



बुटवल । राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको अन्तरक्रिया तथा सहभोज कार्यक्रम रूपन्देहीको बनबाटिकामा सम्पन्न भएको छ ।

महासंघ रूपन्देहीका अध्यक्ष नगेन्द्र पाण्डे कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका संस्थापक अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले महासंघले सामाजिक सेवाभावलाई अगाडि बढाईरहेको बताए ।

उनले महासंघ अन्तर्गत देशभर ४ हजार सदस्य रहेको बताए । उनले आफ्नो संस्थाले ११० जनालाइ पालन पोशण र शिक्षा दिक्षा दिएको जानकारी दिए ।

सो कार्यक्रममा रूपन्देहीको बुटवल १५ चम्किपुरमा २ कठ्ठा जग्गा दान दिएका बाबुराम तिवारीलाइ सम्मान गरिएको थियो भने अन्य दाता तथा सहयोगीलाइ सम्मान गरिएको महासंघ रूपन्देहीका तुलसीराम भण्डारीले बताए ।

सो अबसरमा सिद्धार्थ नगरपालिकाका मेयर हरि अधिकारीले समाजसेवा सबैभन्दा ठूलो सेवा भएको बताए । कार्यक्रममा महासंघका सचिव कृष्णप्रसाद काफ्ले, उदयराज काफ्ले,दयाराम न्यौपाने लगायतले बोल्दै परोपकार संस्थालाइ देशभरी फैलाउनुपर्ने बताएका थिए ।

सो अबसरमा नेपाल परोपकार महासंघ नेपालको तिलोत्तमा नगर समिति गठन गरिएको थियो । समितिको अध्यक्षमा होमकुमार केसी ,उपाध्यक्षमा कमला पराजुली ,सचिब भगवती देबि भट्टराई लगायत रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : २८ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।