२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

मेउडिहवा आधारभूत विद्यालयमा दुईकोठे भवन हस्तान्तरण



भैरहवा । राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल-१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ ।

राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल-१६ ले निर्माण गरेको उक्त भवन आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको हो ।

१५ लाखको लागतमा निर्माण भएको भवनको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले राउण्ड टेबलले विभिन्न किसिमका सहयोग पु¥याउँदै अत्यन्त रचनात्मक र महत्वपूर्ण काम गरेको बताए ।

उनले राउण्ड टेबलले विद्यालयको भवन निर्माण गरेसंगै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए । नगरपालिका भित्र रहेको विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै दुईकोठे भवन निर्माण गर्नु प्रशसंनीय रहेको प्रजिअ घिमिरेले बताए । उनले हौसला, जोश, जांगर र आंटले नै देश र समाजको विकास गर्न सकिने बताए ।

लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष सौरभ अग्रवालले राउण्ड टेबल इन्टरनेशनल डे को अवसर पारेर निर्माणसम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको बताए । उनले राउण्ड टेबल नेपालबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिएको बताए ।

राउण्ड टेबल इन्टरनेशनल एसिया प्यासिफिक चेयरम्यान सिद्धान्त गुप्ताले राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल-१६ ले उत्कृष्ट कार्य गरेको बताए । राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडियाले राउण्ड टेबल नेपाल लुम्बिनी राउण्ड टेबल-१६ को साथमा रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले राउण्ड टेबलले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताउदै आगामि दिनमा पनि सहयोगलाई जारी राख्न आग्रह गरे ।

राउण्ड टेबलका राष्ट्रिय सचिव राहुल अग्रवालले नेपालमा २८ वटा राउण्ड टेबल क्लवबाट शिक्षा, स्वास्थ्य र अन्य सामाजीक कार्य गरिरहेको बताए । उनले वार्षिक २० हजार विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको बताए ।

कार्यक्रम संयोजक अभिषेक बेरिवालको स्वागत तथा विद्यालयका पूर्व प्रधानाध्यापक हेमन्त अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय ३० विद्यार्थी अध्ययनरत छन ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ३५ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन