२२ बैशाख २०८१, शनिबार | May 5, 2024

उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन एफएनसीसीआई अध्यक्ष गोल्छाको सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।

समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकीलगायत छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न सुझाव दिए । साथै गोल्छाले महासङ्घको तर्फबाट नेपाल सरकारमा केकस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पु¥याउन सकिन्छ सोअनुसार समितिलाई क्रियाशील राख्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासङ्घका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचानसहित अगाडि बढ्न शुभकामना दिएका थिए ।

समितिको बैठकले स्थानीय आर्थिक विकासका लागि केकस्ता कार्य गरी अगाडि बढ्न सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ४७ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै