२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेसीको दुई गोल, लिगमा दोस्रो स्थानमा उक्लियो



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । उनले खेलको १३ औ र ९० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एन्टोनी ग्रीजम्यानले एक गोल गरे भने ओस्कार मिनगुएजाले एक गोल गरेका थिए ।

त्यस्तै हुएस्काका लागि एक गोल राफा मिरले फर्काएका थिए । मेसीले यस खेलपछि नयाँ रेकर्ड समेत बनाएका छन् । मेसीले ला लिगामा बार्सिलोनाका लागि ७६७ खेल खेल्दै बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजको बराबरी गरेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना अब शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ । बार्सिलोनाको २७ खेलमा ५९ अंक रहेको छ ।

त्यस्तै हुएस्काको भने २७ खेलमा २० अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : १७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री