१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सिरियाको इड्लिबमा हवाई आक्रमण, २९ टर्कीस सेनाको मृत्यु



बिबिसी । सिरियाले गरेको हवाई आक्रमणमा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको छ ।

टर्कीका प्रान्तीय गभर्नरका अनुसार सिरियाले गरेको हवाई हमलामा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको हो । उनका अनुसार सिरियाको इड्लिबमा भएको हमलामा उक्त आक्रमणमा परी थुप्रै सैन्य अधिकारीहरू घाइते भएका छन् ।

अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ । द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् ।

घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् ।

रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ ।

टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् ।

त्यसतर्फ अघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ५४ बजे

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै