६ श्रावण २०८३, बुधबार | July 22, 2026

फूडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने



काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित  ‘आइएमई पे‘ र फूडमाण्डुवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन ।

फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई प’े को भुक्तानी सेवा संगै २५% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।

सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नु हुनेछ । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ४३ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक