११ चैत्र २०८२, बुधबार | March 25, 2026

बर्दियामा बाघको आक्रमणबाट फेरि अर्की एक महिलाको मृत्यु



बर्दिया । बर्दिया मधुवन नगरपालिका –३ मा बाघको आक्रमणबाट मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि बाघको आक्रमणबाट अर्कि एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र भित्र नै ठाकुरबाबा नगरपालिका –७ मोहनपुर बस्ने ६२ बर्षिया डल्ली रावतको बाघले आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्ज भित्र घाँस दाउरा काट्न गएको बेलामा उनलाई बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस दाउरा काट्न गएका महिलाहरु गाउँमा आएर बाघले आक्रमण गरी लगेको खबर गरेपछि रावतको खोजीकार्य सुरु भएको थियो ।

निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतलाई खोज्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् । उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २७ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका