८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सामुदायिक र निजी विद्यालयबीच एकै ब्यवहार गर्न माग



बुटवल । राष्ट्रिय शिक्षा नीतिले संस्थागत शिक्षालयहरुलाई कसरी सम्बोधन गर्छ भन्ने चिन्ता बढेको निजी विद्यालय संचालकहरुले गुनासो गरेका छन् ।

संस्थागत र सामुदायिक विद्यालयबीचमा सौतेलो ब्यवहार गर्दै गर्दै आएको राज्यले आरक्षण, छात्रवृति तथा अवसर र तालिमका विषयमा विभेद गरेको उनीहरुले आरोप लगाए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) रुपन्देहीको १० औं साधारण सभा कार्यक्रममा सहभागि भएका निजी विद्यालय संचालकहरुले शैक्षिक ईज्यत जोगाउने चोलीका रुपमा रहेका संस्थागत विद्यालयलाई विभेद गर्न नहुने सुझाव राज्यलाई दिएका छन् । कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज पाण्डेले बन्दै गरेको शिक्षा नीतिले सामुदायिक र संस्थागत विद्यालयको खाडललाई पुर्न पर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीको गुणस्तरसँगै गुणात्मक शिक्षा प्रदान गर्न महत्वपुर्ण भुमिका खेलेका निजी शिक्षालयहरुलाई यो त्यो बहानामा अलग्याउने खेल नखेल्न राज्यलाई सुझाव दिनुभयो । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ शिक्षा निर्देशनालयका प्रमुख मनोज गैरे, शिक्षा विकास समन्वय ईकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, हिसानका केन्द्रीय निर्देशक आरसी आचार्य, प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपाने, पुर्व जिल्ला शिक्षा अधिकारी टेवबहादुर थापा, पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका अध्यक्ष मनोहरी बस्याल, हिसानका पुर्व अध्यक्ष टुकबहादुर क्षेत्री, अनन्तराम शर्मा, हिसान नवलपरासीका अध्यक्ष सागर पाण्डे, कपिलबस्तुका बासुदेव घिमिरे, रुपन्देही उपाध्यक्ष दिनेश भुषाल लगायतले सामुदायिक र संस्थागत विद्यालयको शिक्षामा समान योगदान रहेकाले एकै ब्यवहार गर्नु पर्ने बताउनुभयो ।

हिसानका रुपन्देही सचिव पुष्प घिमिरेको संचालनमा भएको कार्यक्रममा अध्यक्ष पौडेलले हालै मन्त्रीपरिषद्बाट पास भएको राष्ट्रिय शिक्षा नीतिसँग बाझिने गरि बनाइएका मस्यौदाहरु छलफलमा ल्याईरहनु नियम विपरीत हुने भएकाले राष्ट्रिय शिक्षा नीति टेकेर ऐन नियमावली पास गर्ने ब्यवस्था गर्र्नुपर्ने, निजी शिक्षालयहरुलाई सहज रुपमा प्राविधिक शिक्षा संचालनको सम्वन्धन दिने ब्यवस्था गर्न तथा निजी लगानीकर्ताहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम घोषणा गर्नु पर्ने जस्ता प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।

सोही अवसरमा तिलोत्तमाकर्मी पत्रकार झविन्द्र देवकोटा सहित रुपन्देहीका पाँच जना पत्रकारलाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देहीको शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै पत्रकार देवकोटा सहित बुटवल टुडेका पत्रकार कृष्ण मल्ल, रातोपाटी अनलाईनका पत्रकार तेजेन्द्र केसी, मेचिकाली दैनिकका पत्रकार प्रकाश आचार्य, बुद्ध टेलिभिजनका पत्रकार कपिल ज्ञवालीलाई सम्मानपत्र, नगद र दोसल्ला ओडाएर पुरस्कृत गरिएको हो ।

रुपन्देहीका पाँच पत्रकारहरुलाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हिसानका तुल्सीप्रसाद सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ५२ बजे

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने