२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जसपाका माग पुरा गर्न प्रधानमन्त्री ओली सकारात्मक : कर्ण



काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् ।

सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै जसपा नेता कर्णले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन् ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफुहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताउनुलाई अर्थपूर्ण मानिएको छ । जसपामा ओलीलाई समथर्न गर्न हुँदैन भन्ने पक्षमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष रहेको छ । तर, आफ्ना माग पुरा गरे ओलीलाई नै समर्थन दिन सकिने पूर्व राजपा पक्षधर महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले बताउँदै आएको छ ।

प्रतिनिधिसभा पुर्नस्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरु पुर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ । कर्णले संबै दलहरुसंग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उनले अरु दलको आडलिएर नेतृत्वमा पुग्न नहुने बताए ।

कर्णले भने, “जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाईदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । ”

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ३७ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन