६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।

महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।

महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ ।

निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ४२ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ