२१ माघ २०८२, बुधबार | February 4, 2026

व्यापार संघमा जुत्ताचप्पल बस्तुगत उपसमिति पूर्नगठन



बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध जुत्ता व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । जुत्ता व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै यादव गिरीको अध्यक्षतामा नया जुत्ताचप्पल बस्तुगत उपसमिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा राजु श्रेष्ठ, सचिवमा दिनेश ज्ञवाली, सह–सचिवमा केशव पौडेल रहनु भएको छ । सदस्यहरुमा गोविन्द चापागाई, सुरेन्द्र आचार्य, विजय घिमिरे, पदम दाहाल, लक्ष्मण न्यौपाने र सूर्य लम्साल रहनु भएको छ ।

समितिको सल्लाहाकार गोपाल प्रसाद अधिकारी, ऋषिराम पोखरेल र यज्ञ प्रसाद उपाध्यायलाई राख्ने निर्णय गरिएको छ । भेलामा बोल्ने बक्ताहरुले व्यवसायीक एकताको बलमा मात्र आफुना हकहित संरक्षण हुने हुदा सबै व्यवसायी एक भएर बस्न आग्रह गरेका थिए । उनीहरुले व्यवसायका क्रमा विभिन्न प्रकारका समस्याहरु आउने हुदा त्यसबाट भागेर होइन समस्याको पहिचान गरि समाधान गर्नतर्फ लाग्न सुझाव दिएका थिए ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष यमलाल लोहनीले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नुभयो ।

संघका महासचिव दयानिधि भण्डारीले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संघका सहसचिव फर्सुराम पन्तले उपसमितिको काम र कर्तव्यका बारेमा जानकारी गराउदै रुपन्देही व्यापार संघमा आवद्ध जुत्ताचप्पल व्यवसायीहरुले सम्पूर्ण व्यवसायीहरुको नेतृत्व गर्न आग्रह गर्नुभयो ।

भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य तथा उपसमितिका संयोजक अर्जुन भट्टराईले गर्नुभएको थियो भने सञ्चालन सचिव राजु श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ३७ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास