१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

व्यापार संघमा जुत्ताचप्पल बस्तुगत उपसमिति पूर्नगठन



बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध जुत्ता व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । जुत्ता व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै यादव गिरीको अध्यक्षतामा नया जुत्ताचप्पल बस्तुगत उपसमिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा राजु श्रेष्ठ, सचिवमा दिनेश ज्ञवाली, सह–सचिवमा केशव पौडेल रहनु भएको छ । सदस्यहरुमा गोविन्द चापागाई, सुरेन्द्र आचार्य, विजय घिमिरे, पदम दाहाल, लक्ष्मण न्यौपाने र सूर्य लम्साल रहनु भएको छ ।

समितिको सल्लाहाकार गोपाल प्रसाद अधिकारी, ऋषिराम पोखरेल र यज्ञ प्रसाद उपाध्यायलाई राख्ने निर्णय गरिएको छ । भेलामा बोल्ने बक्ताहरुले व्यवसायीक एकताको बलमा मात्र आफुना हकहित संरक्षण हुने हुदा सबै व्यवसायी एक भएर बस्न आग्रह गरेका थिए । उनीहरुले व्यवसायका क्रमा विभिन्न प्रकारका समस्याहरु आउने हुदा त्यसबाट भागेर होइन समस्याको पहिचान गरि समाधान गर्नतर्फ लाग्न सुझाव दिएका थिए ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष यमलाल लोहनीले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नुभयो ।

संघका महासचिव दयानिधि भण्डारीले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संघका सहसचिव फर्सुराम पन्तले उपसमितिको काम र कर्तव्यका बारेमा जानकारी गराउदै रुपन्देही व्यापार संघमा आवद्ध जुत्ताचप्पल व्यवसायीहरुले सम्पूर्ण व्यवसायीहरुको नेतृत्व गर्न आग्रह गर्नुभयो ।

भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य तथा उपसमितिका संयोजक अर्जुन भट्टराईले गर्नुभएको थियो भने सञ्चालन सचिव राजु श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ३७ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा