६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

प्रतिनिधिसभाको बैठक सुरु



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिध सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापित संसदको यो चौंथो बैठक हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ । आजको बैठकमा पनि मुख्य विषयले प्रवेश पाउने सम्भावना कम रहेको छ ।

यस्तो छ कार्यसूची

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : २५ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस