५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीमा पर्‍यो



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् ।

डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । नेपालमा एकजना बाहेक कसैलाई कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको छ ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले स्वास्थ्य विभागसँग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

स्वास्थ्य विभागले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा रहन आग्रह गरेको छ ।

एयरपोर्टको हेल्थ डेस्कमा मन्त्रीदेखि प्रधानमन्त्रीको चासो विदेशीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केहीवर्ष अघिदेखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ । पछिल्लो समय कोरोनाको प्रकोप बढेपछि सो डेस्कलाई थप व्यवस्थित बनाएको छ ।

थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ । तर सो कार्य प्रभावकारी नभएको हवाई यात्रुहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ४४ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न