१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

संसदमा परराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न : पद पाए अग्रगमन, नपाए प्रतिगमन ?



काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सर्वोच्च अदालतको फैसलापछि दलहरुबीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने आवश्यकता रहेकाले त्यसमा सरकारले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दलहरूको बीचमा नयाँ ढंगको समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहने र रचनात्मक भूमिका खेल्ने बताएका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतले हामीलाई पाँच वर्षको कार्यकाल सामान्यत खण्डित हुँदैन । तिमीले राजनीतिक स्थिरता त्यहीँ भित्रबाट खोज भनेर आदेश दिएको सन्दर्भमा दलहरुको बीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने जरुरी देखिएको छ,’ उनले भने, ‘त्यो समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहन्छ ।

संसद विघटन र नेकपाको एकीकरण बदर गर्ने सर्वोच्च अदालतको दुवै फैसलालाई स्वीकार गर्दै सरकार कार्यान्वयनमा जाने उनले बताए । दुवै मुद्दामा सरकारले हारे पनि त्यसलाई स्वीकार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन हुने र पदमा पुग्न पुग्दा अग्रगमन हुने भन्दै असन्तुष्ट पक्षप्रति आक्रोश पनि पोखे । उनले भने, ‘तर हाम्रा निम्ति काठमाडौँका काकुल जस्तो परेका जनताले पानी खान पाउनु भन्दा ठूलो अग्रगमन अरु केही पनि हुन सक्दैन । तराईका बञ्जर जमिनमा सिँचाई दिनु भन्दा ठूलो अग्रगमन अरु केही पनि हुन सक्दैन । कोभिड १९ विरुद्ध संसारका अग्रपंतिमा रहेर हामीले खोप उपलब्ध गराउन सक्यौँ । र एक जना पनि नागरिकको ज्यान जान नदिई जीवन बचाउन सक्यौँ भने त्यो भन्दा अग्रगमन अरु केही पनि हुन सक्दैन ।’

उनले नेपाल-भारत संयुक्त छैटौँ बैठकमा लिपुलेक, लिम्पियाधुराको एजेन्डा औपचारिक रुपमा भारत सामू राखेको सदनलाई जानकारी दिए । गत माघमा सम्पन्न बैठकमा उक्त एजेन्डा उठाएको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले यही चैत ९ र १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको राजकीय भ्रमण गर्ने पनि सदनलाई जानकारी गराए । उक्त भ्रमणमा दुई पक्षीय भेटवार्ताका साथै केही महत्वपूर्ण विषयमा सहमति हुने भन्दै मन्त्री ज्ञवालीले बंगलादेशले नयाँ ट्रन्जिट रुट दिने सम्भावना रहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : १८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा