२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पश्चिम नेपाल बस व्यवसायी प्रा.लीका निर्वाचित सञ्चालक समितिलाइ ढुवानी व्यवसायी समिति रुपन्देहीले ग¥यो सम्मान



बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.को हालै सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समितिलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनाएको भन्दै त्यसमा सुधार गर्न नसकिए यातायात क्षेत्र धाराशाही हुने चेतावनी दिएका थिए । उनीहरुले ढुवानी तथा यातायात क्षेत्र एक अर्काका परिपुरक संस्था भएको हुदा यसमा आउने कुनै पनि प्रकारका समस्याको समाधानका लागि सहकार्य गरेर जानु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का नवनिर्वाचित अध्यक्ष दधिराम खरेलले राज्य यातायात क्षेत्रमा गलत दिशामा अगाडी बढेको घटनाक्रमले पुष्टि गरेको र अब यातायात क्षेत्र यस्तै अवस्थामा नरहने दावी गर्दै वर्तमान सरकारले सर्वहारावर्गको घाटी रेट्ने काम गरेको बताए ।

उनले ढुवानी व्यवसायीले आफुहरुलाई सम्मान गरेर उदाहरणीय र उच्च सहयोगीको भावना देखाएकोप्रति आभार व्यक्त गर्दै आगाडीका दिनमा दुबै संस्था सहयोगी संस्थाका रुपमा रहने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष खरेलले ढुवानी व्यवसायीले व्यवसायीहरुवीचको सम्बन्ध बढाउन सम्मान कार्यक्रम राखेर उदाहरणिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

नेपाल ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पाखेरलले राज्यका नीति र व्यवहारले व्यवसाय चलाउन निकै कठिन भएको भन्दै त्यसलाई हटाउन यातायात तथा ढुवानी व्यवसायी आन्दोलनमा उत्रनु पर्ने धारणा राखे ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीका निवर्तमान अध्यक्ष कमल घिमिरेले व्यवसायलाई मजबुत र मर्यादित बनाउन व्यवसायीक एकता जरुरी हुने बताउदै व्यवसायीक संघसंस्थावीचको सहकार्य आजको आवश्यक्तामा जोड दिए ।

समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा बस प्रा.लि.का नवनिर्वाचित सञ्चालकहरुलाई खादा तथा टिका लगाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ०६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,