३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रा.लीका निर्वाचित सञ्चालक समितिलाइ ढुवानी व्यवसायी समिति रुपन्देहीले ग¥यो सम्मान



बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.को हालै सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समितिलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनाएको भन्दै त्यसमा सुधार गर्न नसकिए यातायात क्षेत्र धाराशाही हुने चेतावनी दिएका थिए । उनीहरुले ढुवानी तथा यातायात क्षेत्र एक अर्काका परिपुरक संस्था भएको हुदा यसमा आउने कुनै पनि प्रकारका समस्याको समाधानका लागि सहकार्य गरेर जानु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का नवनिर्वाचित अध्यक्ष दधिराम खरेलले राज्य यातायात क्षेत्रमा गलत दिशामा अगाडी बढेको घटनाक्रमले पुष्टि गरेको र अब यातायात क्षेत्र यस्तै अवस्थामा नरहने दावी गर्दै वर्तमान सरकारले सर्वहारावर्गको घाटी रेट्ने काम गरेको बताए ।

उनले ढुवानी व्यवसायीले आफुहरुलाई सम्मान गरेर उदाहरणीय र उच्च सहयोगीको भावना देखाएकोप्रति आभार व्यक्त गर्दै आगाडीका दिनमा दुबै संस्था सहयोगी संस्थाका रुपमा रहने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष खरेलले ढुवानी व्यवसायीले व्यवसायीहरुवीचको सम्बन्ध बढाउन सम्मान कार्यक्रम राखेर उदाहरणिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

नेपाल ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पाखेरलले राज्यका नीति र व्यवहारले व्यवसाय चलाउन निकै कठिन भएको भन्दै त्यसलाई हटाउन यातायात तथा ढुवानी व्यवसायी आन्दोलनमा उत्रनु पर्ने धारणा राखे ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीका निवर्तमान अध्यक्ष कमल घिमिरेले व्यवसायलाई मजबुत र मर्यादित बनाउन व्यवसायीक एकता जरुरी हुने बताउदै व्यवसायीक संघसंस्थावीचको सहकार्य आजको आवश्यक्तामा जोड दिए ।

समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा बस प्रा.लि.का नवनिर्वाचित सञ्चालकहरुलाई खादा तथा टिका लगाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ०६ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने