१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नबिल बैंक र नेपाल औषधी व्यवसायी संघ काठमाडौंबीच सम्झौता



काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक र नेपाल औषधी व्यवसायी संघबीच विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधी व्यवसायी संघ, काठमाडौंको तर्फबाट अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका औषधिका थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा सम्झौता भएको हो । सो कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिति रहेको थियो ।

सम्झौता कार्यक्रममा बैंकका एसएमई तथा लघुवित्त प्रमुख बस्नेतले औषधी व्यवसायीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन पाउदा खुशी लागेको बताए । उनले औषधी व्यवसायीहरु र बैंकको दीगो विकासलाई ध्यानमा राख्दै औषधी व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैंक रहेको जानकारी समेत गराए ।

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहितविभिन्न देशमा रहेका एजेन्टको बहत सन्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ.।

उच्च प्रशिक्षित समुह, मजबुत र सुरक्षित बैंकिङ प्रणालीको तीन दशक भन्दा बढीको बैंकिङ अनुभवका साथ नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ४९ बजे

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु