२३ माघ २०८२, शुक्रबार | February 7, 2026

३ वटा प्रदेशका ४ स्थानमा माछापुच्छ्रे बैंकको क्युु.आर.कोड सेवाको सुरुवात



काठमाडौ । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यका शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यु.आर.कोड सेवा सुरुवात गरेको छ ।

प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेश को चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा गरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यु.आर.कोड सेवा सुरु गरेको हो ।

नगदरहित कारोबारलाई प्रर्वद्धन उद्धेश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यु. आर. कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै बैंंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ४२ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस