२३ बैशाख २०८३, बुधबार | May 6, 2026

उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा २ पटक चुनाव हारेका उद्योगी प्रधान एमाले प्रवेश



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा लगातार २ पटक वरिष्ठ उपाध्यक्षमा पराजय भोगेपछि उद्योगी किशोर प्रधान दलबल सहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महासंघको पूर्व उपाध्यक्ष समेत रहेका प्रधानले आफु सहित २ सय ३५ जना भन्दा बढी उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराएको दाबी समेत गरेका छन् । उनी सहित गोल्छा अर्गनाइजेशनका हितेश गोल्छा समेतका व्यवसायीहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेहरुमा किशोर प्रधान,ललित अग्रवाल, सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तलल, अजय सरावगी, ओमप्रकाश वंशल, नरेन्द्र गुप्ता, जुगलकिशोर धनावत, नर्पतशिंह जैन लगायत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार एवम् पूर्व उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतिलाल दुगडले दाबी गरे ।

नवप्रवेशी उद्योगीहरुलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली सहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत नेताहरुले स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा आयात गरेर सामान विक्री मात्र नगरी उत्पादन र निर्यात गर्न उद्योगी व्यवसायीलाई सुझाव दिएका थिए ।

उद्योगी किशोर प्रधान अघिल्लो पटकको महासंघको निर्वाचनमा वर्तमान अध्यक्ष शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए भने यस पटकको निर्वाचनमा चन्द्र ढकालसँग चुनाव हारेका थिए ।

पार्टी प्रवेशअघि प्रधानमन्त्री निवास वालुवाटारमा व्यवसायीहरुसँग भएको अन्तिक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू समग्र क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नेपालीको जीवनस्तर उकास्न लागि परेको बताएका थिए।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : २७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा