२६ बैशाख २०८१, बुधबार | May 8, 2024

उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा २ पटक चुनाव हारेका उद्योगी प्रधान एमाले प्रवेश



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा लगातार २ पटक वरिष्ठ उपाध्यक्षमा पराजय भोगेपछि उद्योगी किशोर प्रधान दलबल सहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महासंघको पूर्व उपाध्यक्ष समेत रहेका प्रधानले आफु सहित २ सय ३५ जना भन्दा बढी उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराएको दाबी समेत गरेका छन् । उनी सहित गोल्छा अर्गनाइजेशनका हितेश गोल्छा समेतका व्यवसायीहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेहरुमा किशोर प्रधान,ललित अग्रवाल, सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तलल, अजय सरावगी, ओमप्रकाश वंशल, नरेन्द्र गुप्ता, जुगलकिशोर धनावत, नर्पतशिंह जैन लगायत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार एवम् पूर्व उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतिलाल दुगडले दाबी गरे ।

नवप्रवेशी उद्योगीहरुलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली सहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत नेताहरुले स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा आयात गरेर सामान विक्री मात्र नगरी उत्पादन र निर्यात गर्न उद्योगी व्यवसायीलाई सुझाव दिएका थिए ।

उद्योगी किशोर प्रधान अघिल्लो पटकको महासंघको निर्वाचनमा वर्तमान अध्यक्ष शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए भने यस पटकको निर्वाचनमा चन्द्र ढकालसँग चुनाव हारेका थिए ।

पार्टी प्रवेशअघि प्रधानमन्त्री निवास वालुवाटारमा व्यवसायीहरुसँग भएको अन्तिक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू समग्र क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नेपालीको जीवनस्तर उकास्न लागि परेको बताएका थिए।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : २७ बजे

आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

गर्मी छल्न पानीको सहारा : भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा । सन्तकविर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

सुनकोशी मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय