२० मंसिर २०८२, शनिबार | December 6, 2025

दुई साताभित्र बीस लाख डोज कोरोना खोप नेपाल भित्रने



काठमाडौं । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ ।

जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो ।

अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ ।

किस्ताबन्दीमा कहिले पठाउँछ भन्ने विषय तय नरहेको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । उनका अनुसार भारतबाट आउने खोप भने दुई साताभित्रै ल्याउने गरी नेपालले कुराकानी अगाडि बढाएको हो ।

हाल नेपालमा स्थगित भएको खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । अहिलेसम्म १७ लाख जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ३१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल