२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बाघको जोखिम बढेपछि खाता जैविकमार्गको ब्रेकर हटाईयो



बर्दिया । वन्यजन्तु आवतजावतगर्दा तिव्रगतीका गाडीले ठक्कर दिन सक्ने भन्दै खाता जैविकमार्गको हुलाकी सडकमा बनाईएको ब्रेकर हटाईएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मधुवन नगरपालिका, सुरक्षाकर्मी लगाएतको टोलीले बे्रकर हटाएको हो ।

खाता जैविकमार्गमा बाघको आतंक बढ्दै गएको र ब्रेकरका कारण कमगतिमा सवारी साधन चलाउँदा बाघले आक्रमण गर्न सक्ने भएकोले ब्रेकर हटाईएको हो । वन्यजन्तु ओहोर दोहोर गर्न सहजहोस् भनेर खाता जैविकमार्गमा ५०/५० मिटरको दुरीमा १० ओटा ब्रेकर बनाईएको थियो । मापदण्ड भन्दाअग्लो ब्रेकर बनाएकाले सवारी साधन चलाउँदा दुर्घटना हुने जोखिम रहेको थियो भने ब्रेकरले दुर्घटना बढाएको भन्दै स्थानीबासीहरु असन्तुष्ट समेत भएका थिए ।

सडक मापदण्ड अनुसार ब्रेकरको उचाई १० सेन्टिमिटर भन्दा बढि नहुनुपर्ने भनिए पनि कतिपय ब्रेकर त्यसभन्दा अग्लो रहेका थिए । ब्रेकर भएको सडक खण्डमा बढिमा १० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन मिल्ने र त्यसभन्दा बढि गतिमा चलाउँदा हुत्तिएर दुर्घटना हुने गरेको मधुवन नगरपालिका ६ का विनोद चन्दले बताए । उनले भने –‘सो स्थानमा बाघ देखिँदा सवारी चालकहरु आत्तिएर सवारी हाँक्दा दुर्घटना हुने सम्भावना बढी देखियो ।’

बाघको गतिविधि बढेसँगै ब्रेकर भएको सडक खण्डमा पटक पटक बाघ देखीन थालेको छ । साईकल मोटरसाईकल लगाएत सवारी साधनको गति न्युनभएको बेलामा बाघले आक्रमण गर्न सक्ने सम्भावना बढेपछि ब्रेकर हटाईएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए । उनले खाता जैविकमार्गमा बाघको आक्रमण बढेसँगै ब्रेकरको कारणले यात्रुहरुको ज्यान समेत जोखिमभएकोले नगरपालिकाको खर्चमा ब्रेकर हटाईएको बताए । उनले बे्रकर हटाएको स्थानमा विग्रिएको बाटो नगरपालिका आँफैले मर्मत गर्ने बताए ।

जिल्ला सुरक्षा समितिले मानविय सुरक्षाको कारण देखाउँदै खाता जैविकमार्गको ब्रेकर हटाउने निर्णय गरेको थियो । बाघको आतंक र स्थानीयको विरोध आएपछि सुरक्षा समितिले सो निर्णय गरेको हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका सुचना अधिकारी राम सागर हरीजनले राजमार्गमा ब्रेकर बनाउन नमिल्ने भए पनि वन्यजन्तु ओहोर दोहोर गर्ने स्थानभएकोले ब्रेकर निर्माण भएको बताए । उनले विश्ववन्यजन्तु कोष र हुलाकी सडक निर्देशनालयको सम्झौता अनुरुप ब्रेकर निर्माण भएको बताए ।

हाल ब्रेकर भत्काइएको स्थानमा वन्यजन्तु ओहोरदोहोर गर्नकालागि सडक माथिबाट ओभरपास बनाईने भएको छ । वन्यजन्तुको ओभरपास बनाउने प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका सुचनाअधिकारी हरीजनले बताए । ओभरपास निर्माणका लागि निर्देशनालयले प्रक्रिया सुरु गरेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ५१ बजे

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी