२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता फागुन १९ बाट



बुटवल । मणिमुकुन्द भलिबल क्लबले फागुन १९ गतेबाट सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले प्रतियोगिताको तयारी पुरा भएको बताउनुभयो । यसवर्ष प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २ हजार २ सय २२, उपविजेताले नगद ७२ हजार २ सय २२, तृतिय टिमले नगद ४५ हजार ५ सय ५५ तथा सान्त्वना टिमले नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । यसैगरि विद्यागत रुपमा सर्वोत्कृष्ट र अनुसासित खेलाडीलाई नगद ५–५ हजार रुपैया तथा अन्य उत्कृष्ट खेलाडीहरुलाई नगद ३ हजार रुपैया र कपबाट पुरस्कृत गरिने उहाले बताउनुभयो ।

प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताउनुभयो । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान आयोजकको छ । चार दिनसम्म चल्ने प्रतियोगिता शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा हुने छ ।

रुपन्देही भलिबल संघका पुर्वअध्यक्ष तथा क्लबका सल्लाहकार विष्णुकुमार श्रेष्ठले जिल्ला भलिबल खेलमा उर्वरभुमि रहेको बताउनुभयो । आफनो कार्यकालमा ७७ जिल्लामा नै उत्कृष्ट जिल्ला घोषणा भएको स्मरण गर्दै राष्ट्रिय खेल घोषणापछि भलिबलको विकासमा सरकारको लगानी न्युन भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले स्थानिय खेलप्रेमी र खेलाडीहरुको अगुवाईमा क्लब गतिशिल भएको बताउनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : १५ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर