१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

मस्र्याङ्दीमा ट्रक खस्दा ६ जनाको मृत्यु, दुई गम्भीर घाइते



लमजुङ । लमजुङ बेँसीशहर-चोम सडकअन्तर्गत नासो गाउँपालिका-३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ ।

लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध १ ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका-४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मनाङस्थित चामे गाउँपालिका-४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका-५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका-८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो-१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका-३ का २४ वर्षीय सुमन तामाङ र नासो-३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए । उनीहरु पाँच जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताए ।

उपचारका क्रममा दुई जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीन जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाइ छ । जिल्ला अस्पताल लमजुङमा मृत्यु भएका दुई जनाको शव अस्पतालमा राखिएको छ ।

घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : १८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा