२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

नेशनल सोसल वेयलफेयर अवार्डबाट बुटवलका युवा उद्यमी गुरुङ सम्मानित



बुटवल । सिजन मिडिया द्धारा आयोजना गरिएको नेशनल सोसल वेयलफेयर अवार्ड २०२० बाट बुटवलका एक जना युवा उद्यमी सम्मानित भएका छन ।

सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले विभिन्न क्षेत्रमा योगदान पुु¥याउने सामाजिक कार्यमा अग्रसर बुटवलका युवा उद्यमी सिद्धार्थ गुरुङसहित देशभरका २ दर्जन जना व्यक्तित्वलाई सम्मान गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सोसल वेयलफेयर अवार्ड बितरण गरेका थिए ।

सम्मान पाउनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा, शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिम इगलिस वोडीङ स्कुल नार्गाजुन, श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथम इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल, सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक सन्तोषी शाही ठकुरी, व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन, इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तराष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, वेलायति सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सीपल हरिसिंह केसी, पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालीका प्रहरी प्रमुख सिताराम हाछेथु, समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा लागेका ब्यक्तित्वको सम्मानबाट सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताए । सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ०४ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन