१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

संसदका सभापतिहरुले सभामुखलाई सोधे, चालु अधिवेशन कहिलेसम्म चल्छ



काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संंसद् प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिसँग समितिमा रहेका विधेयकको अवस्था र गरेका काम कारवाहीबारे जानकारी लिएका छन ।

सभामुखले सभापतिहरुसँग संयुक्त बैठक आयोजना गरी संसद् पुनःस्थापना भइसकेको अवस्थामा समितिमा रहेका विधेयकको अवस्था र कामकारवाहीबारे जानकारी लिएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

प्रतिनिधिसभा मातहत १० वटा विषयगत समिति छन् । संसद्को हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा रहने गर्छ । यसअघि सभामुख र समितिका सभापतिबीचको संयुक्त बैठक गत साउन ५ गते भएको थियो । साउनयता आ–आफ्ना समितिका बैठकबाट गरिएको निर्णय र कामको प्रगति विवरणबारे सभापतिहरुले सभामुखलाई जानकारी गराएका थिए ।

‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका समितिले काम गर्ने सिलसिलाम भोग्नुपरेका समस्या र सुधार गर्नुपर्ने पाटोबारे पनि त्यस अवसरमा सभामुखलाई जानकारी गराइएको थियो ।
लोकतान्त्रिक शासन व्यवस्थामा संसद्लाई प्रभावकारी तुल्याउन समितिको महत्वपूर्ण भूमिका हुने गर्छ । संसदीय समितिका कामलाई गतिशील तुल्याउन आवश्यक विषय विज्ञ, तालीम प्राप्त कर्मचारी र समितिलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको विषय सभामुखसमक्ष राखिएको थियो ।

समितिका कामकारवाहीलाई ‘डिजिटाइज’ गर्ने पक्षमा निकै कमजोरी रहेको र निर्धारण गरिएको कार्यक्षेत्रभित्रको जिम्मेवारीलाई चुस्त तुल्याउन पोख्त कानूनविद्को उपलब्धतालाई सहज गरिदिन पनि उनीहरुले सभामुखसाग विशेष अनुरोध गरे ।

कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र आयोगसँग समन्वय गर्न तत्तत् निकायमा संसद् हेर्ने बेग्लै डेक्स भएमा सूचना प्राप्त गर्न तथा अध्ययन, अनुसन्धान र विश्लेषण गर्न सजिलो हुने कुरा पनि उठाइयो । सरकारले विधेयक ल्याउने तर त्यसलाई निष्कर्षमा पु¥याउन अग्रसरता नदिने बरु उल्टै समितिले नै ताकेता गर्नुपर्ने स्थितिको अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि सभामुखको ध्यानाकर्षण गराइएको थियो ।

सो अवसरमा सभामुखले उठेका विषयमा केही दिनभित्रै सम्बन्धित निकायसँग छलफल गरी सकारात्मक परिणाम दिने ढङ्गबाट आफूले भूमिका खेल्ने विश्वास दिलाए । बैठकमा चालु अधिवेशन कहिलेसम्म चल्छ भनी उनीहरुले राखेको जिज्ञासमा सभामुखले सम्बन्धित पक्षसँग छलफल गरेर मात्र यसबारे जानकारी दिन सक्ने बताएका थिए। सदन सञ्चालन हुने समयको निक्र्यौलका आधारमा कतिपय कामलाई अघि बढाउनुपर्ने हुन्छ भन्दै उहाँहरुले सभामुखसँग ती जिज्ञासा राखेका हुन् ।

संविधानअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने भएको र त्यसअघि नै पूर्व बजेट छलफल गर्नपर्ने हुँदा वैशाखको अन्तिमसम्म चालु अधिवेशन अन्त्य गरिसक्नु पर्ने भएकाले निकै लामो चल्ने अवस्था नरहेको समिति सदस्यहरु बताउछन् ।

चालु अधिवेशन विधेयक अधिवेशन भएकाले छिटोभन्दा छिटो समितिमा रहेका विधेयकलाई अघि बढाउनुपर्ने समितिहरुको कार्यदेश रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ३० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा