१३ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

साइन रेसुङ्गा बैंकले काठमाडौमा खोल्यो एकैपटक ५ वटा शाखा



काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा विकास बैंकले केन्द्रीय राजधानी काठमाडौमा एकैपटक ५ वटा शाखाको बिस्तार गरेको छ ।

बैंकले राजधानी काठमाडौंको नयाँ बानेश्वर, न्युरोड,कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक पाँचवटा नयाँ शाखाको विस्तार गरेको हो । आइतबार एक विशेष समारोहको आयोजना गर्दै बैंकले यी ५ स्थानमा साइन रेसुङ्गा विकास बैंकको नयाँ शाखा विस्तार गरिएको घोषणा गरेको छ ।

शाखा विस्तार घोषणा गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष धानेश्वर पौडेलले मोफसलको रुपमा रहेर बैंकिङ कार्य गरिरहेको साइन रेसुङ्गाले अब संघीय राजधानी काठमाडौंसँग नेटवर्क विस्तार गर्दै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए ।

सो अवसरमा बैंकको संस्थापक अध्यक्ष समेत रहेका पौडेलले विगत १२ अघि बैंकको सुरुवातको संघर्षको समय स्मरण गर्दै १२ वर्षपछि राष्ट्रियस्तरको विकास बैंक हुन पाउँदा खुशी व्यक्त गर्दै आफ्ना बैंकका सेयर धनी, सेवाग्राही तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।

यस्तै, समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाश पौडेलले बैंकको अटुट १२ वर्षे यात्रामा साइन रेसुङ्गाले ठूलो आरोह अवरोह पार गर्दै अन्ततः राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाउन सफल भएको बताए ।

हाल बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने, कुल निक्षेप लगानी ३३ अर्ब रहको र ३० अर्ब बराबरको कर्जा लगानी रहेको बैंकले जनाएको छ । हालै मात्र विस्तार भएको बैंकको काठमाडौंका ५ नयाँ शाखासहित देशैभरी ८० शाखा विस्तार भएका छन् भने, बैंकको सेवाग्राही ९ग्राहक० ४ लाख बढी पुगिसकेको सीईओ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : १० बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई