१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पश्चिमाञ्चल क्याम्पस पोखराका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण, नियमित परीक्षा स्थगित



पोखरा । पोखरा स्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको लामाचौरस्थित क्याम्पसको होस्टलमा बस्ने ६३ विद्यार्थीलाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सूरुमा एकजनामा संक्रमण देखिएपछि पटक पटक गरि परिक्षण गर्दा क्याम्पसमा अध्ययनरत ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए । होस्टेलमा रहेका ४५ जनामा कोरोना देखिएपछि थप ६ सय ३५ जनाको स्वाव परिक्षण गर्न लिईएकोमा ५ सय ५० को परिक्षण गर्दा १८ जनामा मात्र कोरोना पुष्टि भएको शर्माले बताए ।

पहिलो चरणमा कोरोना संक्रमण देखिएका ४० जना मध्य ३६ जना क्याम्पसमै र चार जना होम आइसोलेसनमा राखिएको छ ।

क्याम्पसले शैक्षिक करिकुलम अनुसार पूर्वी तराईका जिल्लाहरुमा भ्रमणमा लगेको र त्यसैबाछ संक्रमण फैलिएको हुन सक्ने शर्माले अनुमान गरे । पहिलो चरणमा ठूलो संख्या देखिएपनि ५ सय ५० को रिपोर्टमा १८ जना मात्रमा संक्रमण पुष्टि भएका कारण ठूलो जोखिम भने नभएको उनले बताए ।

विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहको सबै वर्षको परीक्षा स्थगित गरिएको छ । ३ चैतदेखि गर्ने भनिएको नियमित तथा पुनः परीक्षा विद्यार्थीको आग्रहमा हाललाई स्थगित गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ३२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा