१७ असार २०८३, बुधबार | July 1, 2026

प्रधानमन्त्रीसँग भेटका लागि समय माग गरेको छु : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रतिक्षारत रहेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको बताएका हुन् । सभामुख सापकोटाले भेटका लागि कानुन मन्त्रीमार्फत् कुरा भएको बताए ।

सापकोटाले सरकारले ल्याएको अध्यादेश टेबुल गर्न नियम निलम्बन गरी अघि बढ्ने विषयमा छलफल चलिरहेको बताए ।

अधिवेशन सुरु भएको पहिलो दिनमै सरकारले त्यसअघि जारी गरेका अध्यादेशहरु पेश गर्नुपर्ने नियम छ । तर, फागुन २३ गतेको बैठकमा संवैधानिक परिषदसम्बन्धी अधयादेशविरुद्ध माओवादी केन्द्रले बहिस्कार र काँग्रेसले संसद अवरुद्ध गरेपछि अरु अध्यादेशहरु समेत पेश भएको थिएन ।

प्रतिपक्षी दलहरुले भने सरकारले अन्य अध्यादेश पेश गर्ने वातावरण नबनाएको आरोप लगाइरहेका छन् । संसद बैठक जसरी पनि असफल बनाउन सरकार लागि रहेको उनीहरुको आरोप छ ।

सरकारले विजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन सकेको छ । यसबीचका सबै बैठक सामान्य औपचारिकतामा मात्रै सीमित भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ३१ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित