३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल फर्निचरको क्यालेन्डर बिमोचन



बुटवल । बुटवल फर्निचर उद्योग संघले नया वर्ष २०७८ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ ।

सोमबार एक समारोहका बिच संघका सल्लाहकारहरु माधव पौडेल, बोनिन पिया, साबित्रा टण्डन, नरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष सुरेन्द्र ज्ञवालीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन ।

कार्यक्रममा बोल्दै सल्लाहकार माधव पौडेलले फनिर्चर उद्यमीहरुको हितलाई मध्येनजर गरि तयार गरिएको वार्षिक कार्ययोजनाहरुलाई विशेष ध्यानमा राखेर संचालन गर्न सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष सुरेन्द्र ज्ञवालीले संघसंस्था भ्रमण, तालिम, अन्तरक्रिया, अनाथअपाङ आश्रमलाई सहयोग लगायत कार्यक्रम निरन्तरता दिएको बताए । यसैगरि रोजगार र श्रम विकाससंगै उद्योगीहरुलाई लेखा परिक्षण तालिम दिएर ब्यवस्थित गराउने काम प्राथमिकतामा रहेको उनले बताए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, द्घितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव असोक कुवर, कोषाध्यक्ष नेत्र रुचाल, भित्तेपात्रो प्रकासन समितिका संयोजक काशी पोखरेलले सबै उद्योगी, ब्यवसायीहरुको सहयोगमा भित्रेपात्रो प्रकाशन गर्न सफल भएको बताए ।
कार्यक्रममा महासचिव अशोक कुवरले निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डेको संयोजकत्वमा विधान सशोधनसंगै सल्लाहकार विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा संघको भवन निर्माण सम्पन्न भएसंगै बाकि कार्यालय ब्यवस्थापनका कामलाई अघि बढाएको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ३६ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने