१० असार २०८३, बुधबार | June 24, 2026

राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी हमिदबीच भेटवार्ता, ४ समझदारीपत्रमा हस्ताक्षर



ढाका । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

भेटवार्तापछि उनीहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भएका थिए ।

बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन । । त्यसअघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ०६ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा