३० चैत्र २०८२, सोमबार | April 13, 2026

‘राष्ट्रवादी’ ओली सरकारमाथि कांग्रेस सांसदको प्रश्न : दार्चुलामा भारतले अतिक्रमण गर्दा सरकार किन मौन ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गर्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा समय माग गरेर सम्बोधन गर्दै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भारतद्वारा दार्चुलामा नेपाली भूमिलाई आफ्नोमा पार्ने गरी तटबन्ध निर्माण भैरहेको तर सरकार त्यसबारे एक शब्द पनि नबोलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

बडुले दार्चुला सदरमुकामस्थित गल्फै गाउँमा नेपालको अनुमति विना भारतले एकतर्फी तटबन्ध बनाइरहेको जनाकारी गराउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण पनि गराए । यसबारे पटकपटक ताकेता गराउँदा पनि गृहमन्त्रालय र सरकारले भारतीय हस्तक्षेपलाई मौन समर्थन गरिरहेको छ ।

बडुले भने, ‘नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको छ । त्यसबारे हामीले भारतका एसडीएम र डीएमसँग भनियो तर कुनै सुनुवाइ भएको छैन । जनताले पटकपटक विरोध गर्दा पनि केही जवाफ आएको छैन । गृहमन्त्रालयमा पटकपटक ताकेता भएको छ तर नेपाल सरकार मौन समर्थन गरिरहेको छ ।’

भारतीय तटबन्धका कारण नेपालको ३५ हेक्टर भूमि भारततिर जानलागेको बडुले बताए । भारतले नेपालभित्रको जिल्ला अस्पताल, सामुदायिक वन क्षेत्र मन्दिर र अन्य सरकारी कार्यालय भारतीय भूमिमा जान लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सांसद बडुले गृहमन्त्रालय र परराष्ट्रमन्त्रालयले कुनै जिम्मेवारी पुरा नगरेको आरोप लगाए । उनले तत्कालै नेपाली भूमिमाथि भैरहेको भारतीय निर्माणकार्य रोक्न माग गरे ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ५८ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका