२३ बैशाख २०८१, आइतबार | May 6, 2024

पाकिस्तानलाई समृद्ध तुल्याउन जोड



काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतवासद्वारा आफ्नो देशको राष्ट्रिय झण्डा फहराइएको छ ।

आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरिएको थियो ।

सन्देशमा उनीहरुले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाएका छन् ।

सन् १९४० मार्च २३ तारिखका दिन लाहोरमा पाकिस्तान रिजलुसन पारित भएको थियो । मोहम्मद अलि जिन्हाको नेतृत्वमा भएको रिजलुसनले स्वतन्त्र पाकिस्तान निर्माणका लागि कोशेढुंगा सावित भएको थियो । जिन्हा पाकिस्तानका पिता हुन् ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : १७ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa