७ बैशाख २०८३, सोमबार | April 20, 2026

योग गर्दा ध्यान दिनुपर्ने २० कुरा



एजेन्सी । शरीर, मन र भावनालाई व्यवहारिक हिसाबमा सन्तुलित गर्न र तालमेल मिलाइ राख्ने एक साधन हो, योग । योग आसन, प्राणायाम एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी छ कि यसले सद्भाव र एकीकरणको सिद्धान्तमा पनि काम गर्छ । योग गर्ने भन्दैमा जथाभावी गर्नु हुँदैन । यसको आफ्नै विधी, नियम र तौर तरिका छ ।

योगको नियम

१. बिहानको खाली पेटमा योग गर्नु सबैभन्दा राम्रो हुन्छ ।

२. यदि खाना खाएको भए ४ घन्टापछि गर्नु राम्रो मानिन्छ ।

३. योग अभ्यास सकेको आधा घन्टापछि मात्र खाना खानु पर्दछ ।

४. नियमित न्युनतम २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ ।

५. योग गर्दा खुकुलो एवं सजिलो लुगा लगाउनु पर्छ । सुतिको कपडा भए उत्तम हुन्छ ।

६. योग गर्न शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नु राम्रो हुन्छ ।

७. चस्मा वा कन्ट्याक लेन्स लगाउनेहरुले अभ्यास गर्दा यसलाई झिक्नु पर्दछ ।

८. योग गर्दा दिसा पिसाब रोक्नुभन्दा सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ ।

९. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन । तल्लो पेट चलाउनु हुन्न ।

१०. महिनावारीका बेला ध्यान, प्राणायाम मात्र गर्नु पर्दछ ।

११. योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ ।

१२. अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल बढाउँछ ।

१३. कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन ।

१४. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।

१५. योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ ।

१६. उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वासको समस्यामा प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।

१७. अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले पनि प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।

१८. अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि वा विज्ञको सल्लाहमा मात्र गर्नुपर्छ ।

१९. दम, पाचन विकार, बाथ रोगको नियन्त्रण एवं निदानकालागि योग अपरिहार्य छ ।

२०. मानसिक, शारीरिक विकार हटाउन शरीरलाई स्वस्थ्य बनाउन योग महत्वपूर्ण हुन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ५२ बजे

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा