२० श्रावण २०८३, बुधबार | August 5, 2026

विश्वभर १० करोड ६ लाख कोरोना संक्रमण मुक्त, २७ लाख ४५ हजारको मृत्यु



काठमाडौं । विश्वभर १० करोड ६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ६ लाख ९५ हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १२ करोड ४७ लाख ७६ हजार एक सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २७ लाख ४५ हजार एक सय ५२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १३ लाख ३५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड ६ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड २९ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ५६ हजार सात सय ९९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १७ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १२ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६० हजार चार सय ७७ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७६ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७२ हजार ९७ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ४७ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल