१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

छुट्टाछुट्टै घटनामा बागलुङमा दुई बालकको मृत्यु



बागलुङ । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ । काठमाडौंबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।

मृत्युहुनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । मङ्गलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् ।

उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : १६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम