१ पुस २०८२, मंगलबार | December 16, 2025

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनको कार्यतालिका परिवर्तन हुने



काठमाडौं । आसन्न १४औं महाधिवेसनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । परिवर्तित राजनीतिक घटना क्रम र सत्ता समिकरणका बिषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

महाधिवेशनको एजेण्डा सहित समसमायीक बिवषमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउन निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको कामलाई अघि बढाएपनि पूर्व निर्धारित कार्यतालिका आनुसार कार्य सम्पन्न नहुने भएपछि कार्य तालिका फेरबदल गर्नका लागि पनि बैठक बस्नुपरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसले यस अघि भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो । मंगलबार सौझसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसमा ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको सो पार्टीले दाबी गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज