१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिता, असरक स्पोर्टस् र शंकरनगर क्रिकेट क्लब विजयी



भैरहवा । भैरहवामा सञ्चालित अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा असरक स्पोर्टस् क्लब बंगलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन् ।

असरक स्पोर्टस्ले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४३ रनले र शंकरनगर क्रिकेट क्लबले गुजरात लायन्स पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।पहिलो खेलमा टस जितेर व्याटिङ गरेको असरक स्पोर्टस्ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रनको योगफल बनायो । उसका लागि अली समदले ४८, ओस्कर कोल्कले २० र हमिद अहमदजाईले १५ रनको योगदान गरे ।

बलिङमा वेस्टर्नका कृष्ण कार्की र हर्जित सिंहले २/२ तथा विक्रम सोब, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए ।जवाफमा वेस्टर्नले १५ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनायो । उसका लागि प्रदिप ऐरीले २३ र सुमित महर्जनले ११ रनको योगदान गरे । बलिङमा असरक स्पोर्टस्का अलि समदले ३, मोहम्मद सजाद हुसेनले २ तथा निश्कोलस विल्सन, ओस्कर कोल्क र मनान चावलाले १/१ विकेट लिए ।

खेलमा असरक स्पोर्टस्का अली समद म्यान अफ द म्याच घोषित भए ।दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको गुजरात लायन्सले निर्धारित २० ओभरमध्ये १८ दशमलव ३ ओभरमा १० विकेट गुमाउँदै ९३ रनको योगफल बनायो । उसका लागि जफिर जमसिदले २५ र सैद इसरार साहले २१ रनको योगदान गरे ।

बलिङमा शंकरनगर क्रिकेट क्लबका विक्रम भुसालले ३, दुर्गेश गुप्ता, सन्दिप सुनार र अनिल खरेलले २÷२ तथा सुरज दराईले १ विकेट लिए ।जवाफमा शंकरनगर क्रिकेट क्लबले १२ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा ९४ रन बनायो । उसका लागि शंकर रानाले ३७ (नटआउट), देव खनालले २३ (नटआउट) र सन्दिप सुनारले १६ रनको योगदान गरे । बलिङमा गुजरात लायन्सका मजिद इलियासले १ विकेट लिए । खेलमा शंकरनगर क्रिकेट क्लबका विक्रम भुसाल घोषित भए ।

सोमबारको पहिलो खेल सहारा क्रिकेट क्लब हैदराबाद (भारत) र राइनो क्रिकेट क्लब काठमाण्डौं तथा दोस्रो खेल अल्फा वारियर्स मुम्बई र वेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ४४ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल