२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पर्स पछाडिको गोजीमा राख्दा लाग्न सक्छ यस्तो गम्भीर रोग



काठमाडौं । पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ । यो रोग लागेको व्यक्तिलाई नितम्बमा असह्य पीडा हुन्छ ।

पाइन्टको गोजीमा पर्स राखेर घन्टौंसम्म बस्ने मानिसको नितम्बमा हुने पाइरिफर्मिस मांसपेशी थिचिन्छ र यसकारण खुट्टामा पनि समस्या आइलाग्छ । यो रोग लाग्ने मानिसको संख्या आजकल बढ्दै गएको छ ।

विशेषगरी युवाहरू यो रोगबाट ग्रस्त छन् किनकि उनीहरू घन्टौंसम्म कम्प्युटरमा काम गर्छन् । अनि नितम्बमा पर्सको दबाब परेर उनीहरूको मांसपेशी बिग्रन्छ । त्यसो त लामो समय बसेर काम गर्ने मानिसलाई पनि यो रोग लाग्छ ।

यो रोगको समयमै उपचार गरिएन भने पछि त सर्जरी गर्नुपर्ने हुन्छ । यसको सर्जरी एकदम महंगो छ । काम गर्दाखेरी गोजीबाट पर्स बाहिर निकाल्नुस् र अन्त राख्नुस् । यसो गर्नुभएन भने ठूलो रोग लाग्छ र तपाईंको खुट्टो बिग्रिन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : १५ बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई