१७ बैशाख २०८१, सोमबार | April 29, 2024

काठमाडौं उपत्यकामा अत्याधिक वायु प्रदुषण, बाहिर निस्कँदा आँखा पोल्ने समस्या



काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसोदेखि अत्याधिक वायु प्रदुषण बढेको छ ।

बिहानसम्म सफै रहेको उपत्यकाको आकाश दिउँसो तुवाँलाले ढाकेको छ । घर बाहिर निस्किँदा धेरैले आँखा पोलेको अनुभव गरेका छन् । विभिन्न जिल्लामा लागेको डढेलो र लामो खडेरीका कारण वायुमण्डल प्रदुषित बन्दै गएको छ । काठमाडौंको वरिपरीका लागेको डढेलोलाई पश्चिमी वायुले काठमाडौंमा ल्याएका कारण प्रदुषण बढेको हो ।

धुँवा र धुलो मिसिएको हावाले ढाक्दा दिउँसो ३ बजेपछि भिजिविलिटी नै कम भएको छ । जसका कारण त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान समेत बन्द भएको छ ।

१२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर रहेकोमा ३ बजे १ हजार मिटरमा झरेको थियो ।

लामो समयको खडेरी र सुख्खा हावा भएका कारण धुँवा र धुलोयुक्त प्रदुषण बढेको मौसमविद्ले बताएका छन् । काठमाडौं मात्र नभएर देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले जनाएको छ । एक्यूआईले जोखिमको तह नाघेको विभागले जनाएको छ ।

वायुको गुणस्तर सूचकांक ललितपुरको भैंसेपाटीमा केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा ४७० सम्म पुगेको छ । भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ ।
सरकारले स्वीकृत गरेको मापदण्ड अनुसार एक्यूआई ३ सय नाघे विपदको अवस्था आएको मानिन्छ । काठमाडौंको भने एक्यूआई १९८ पुगेको थियो।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : १४ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।