२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सरकार निकट प्रेस चौतारीलाई घेराबन्दी गर्दै पत्रकार महासंघ निर्वाचनमा ११ संगठनको गठबन्धन बन्ने (विज्ञप्ति सहित)



काठमाडौ। ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीलाई घेराबन्दी गर्दै बिभिन्न पार्टी निकट ११ वटा पत्रकारहरुको संगठनले आगामी पत्रकार महासंघको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणा गरेका छन् । २५ चैत्रमा तय भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनले गठबन्धन गरेर जाने घोषणा गरेका हुन् । आज काठमाडौमा सम्पन्न संगठनका नेताहरुको बैठकले ११ संगठनबीच गठबन्धन गर्ने सैद्धातिक सहमति गरेका छन् ।

गठबन्धनमा सहमत भएका संगठनका नेतृत्व बैठकले ओली नेतृत्वको एमाले निकट चौतारीलाई प्रतिगामी कदमको समर्थकको सज्ञा दिंदै प्रतिगमन विरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धतासमेत गरिएको छ ।

गठबन्धनले जारी गरेको विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई सत्तारुढ एमालेले एकलौटी ढंगबाट प्रस्तुत हुन र अन्य राजनीतिक दलका समाचारपति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारेको आरोप लगाउँदै सरकारी सञ्चार माध्श्यममा कार्यरत श्रमजीवी पत्रकारहरुमाथि मनोवैज्ञानिक दबाब दिने कार्यप्रति आपत्ति जनाइएको छ ।

मिडिया काउन्सिल विद्येयक , सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका(अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अधिबढाएका विद्येयकहरु फिर्ता गराउन एक आपसमा बलियो गठबन्धन बनाउँदै थप संघर्ष गर्ने प्रतिबद्धता समेत बैठकले ब्यक्त गरेको छ ।

गठबन्धनमा प्रेस युनियन,प्रेससंगठन नेपाल, नेपाल पक्षको प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ, लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज तथा मधेशी पत्रकार समाज रहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ५४ बजे

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको