१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सरकार निकट प्रेस चौतारीलाई घेराबन्दी गर्दै पत्रकार महासंघ निर्वाचनमा ११ संगठनको गठबन्धन बन्ने (विज्ञप्ति सहित)



काठमाडौ। ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीलाई घेराबन्दी गर्दै बिभिन्न पार्टी निकट ११ वटा पत्रकारहरुको संगठनले आगामी पत्रकार महासंघको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणा गरेका छन् । २५ चैत्रमा तय भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनले गठबन्धन गरेर जाने घोषणा गरेका हुन् । आज काठमाडौमा सम्पन्न संगठनका नेताहरुको बैठकले ११ संगठनबीच गठबन्धन गर्ने सैद्धातिक सहमति गरेका छन् ।

गठबन्धनमा सहमत भएका संगठनका नेतृत्व बैठकले ओली नेतृत्वको एमाले निकट चौतारीलाई प्रतिगामी कदमको समर्थकको सज्ञा दिंदै प्रतिगमन विरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धतासमेत गरिएको छ ।

गठबन्धनले जारी गरेको विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई सत्तारुढ एमालेले एकलौटी ढंगबाट प्रस्तुत हुन र अन्य राजनीतिक दलका समाचारपति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारेको आरोप लगाउँदै सरकारी सञ्चार माध्श्यममा कार्यरत श्रमजीवी पत्रकारहरुमाथि मनोवैज्ञानिक दबाब दिने कार्यप्रति आपत्ति जनाइएको छ ।

मिडिया काउन्सिल विद्येयक , सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका(अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अधिबढाएका विद्येयकहरु फिर्ता गराउन एक आपसमा बलियो गठबन्धन बनाउँदै थप संघर्ष गर्ने प्रतिबद्धता समेत बैठकले ब्यक्त गरेको छ ।

गठबन्धनमा प्रेस युनियन,प्रेससंगठन नेपाल, नेपाल पक्षको प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ, लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज तथा मधेशी पत्रकार समाज रहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ५४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा