२० मंसिर २०८२, शनिबार | December 6, 2025

सार्क मुलुकमा बढ्दै कोरोना



काठमाडौं । केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए ।

अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशासनले सरसफाइको तयारी थाल्यो । तर यो हप्ता सुरु हुनासाथ अर्को दुईजना बिरामी थपिए । फेरि अर्को दुई जना गर्दागर्दै अहिले नौ जना कोरोनाका बिरामी आइपुगे ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, “अस्पताल पूरै सफा गरेर अन्य बिरामीका लागि खुला गर्नुप¥यो भनेर ठिक्क परेका थियौँ, कोभिडकै बिरामीको चाप फेरि बढ्न थाल्यो ।” पछिल्लो समयमा भर्ना भएका मध्ये बागलुङबाट काठमाडौँ आएका बिरामीमा कोरोना भेटिएपछि सङ्क्रमणको अर्को लहर आउन लागेको आशङ्का भएको डा. राजभण्डारीले बताए ।

विदेशबाट आएका व्यक्तिमा सङ्क्रमण देखिनु स्वाभाविक थियो । तर मुलुकभित्रैबाट आएका व्यक्तिमा पनि भेटिनुले सङ्क्रमणको जोखिम बढेको उनले बताए ।

उनका अनुसार खोप लगाउने, नलगाउने, विदेशबाट आउने सबैले स्वास्थ्य मापदण्ड कायम गर्न पछिल्लो समय लापर्वाही गरेकाले नेपालमा फेरि सङ्क्रमण दोहोरिने सङ्केत देखिएको हो । उनले थपे, “भारतका १८ वटा राज्यमा ‘डबल म्युटेसन’ कोरोना देखिइसकेको छ, युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ, यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ ।”

युरोपेली मुलुकमा देखिएको तेस्रो लहर विगतको भन्दा जटिल देखिएको चिकित्सकको भनाइ छ । यसले ती देशमा मृत्युदर पनि बढाइरहेको छ । ती मुलुकबाट नेपालसहित दक्षिण एसियाली मुलुकमा आवतजावत गर्ने यात्रुले तेस्रो लहरको कडा सङ्क्रमण ओसारिरहेको अनुमान उनले गरे ।

पछिल्लो समय खुला रूपमा सभा, सम्मेलन गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक रूपमा भेला हुने क्रम बढेर पनि समस्या आएको कतिपयको भनाइ छ । त्यसले पनि बाहिरबाट कुनै घरमा छिरेको कोभिड सङ्क्रमणलाई फैलाउन मद्दत गरिरहेको डा. राजभण्डारीले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमा घट्दै गएको कोरोना सङ्क्रमण एक महिनायता उकालो लाग्न थालेको छ । फागुन मध्यताका नेपालमा सक्रिय केस ०.३ प्रतिशतमा झरेको थियो भने भारतमा १.४ प्रतिशत, भुटानमा ०.५, बङ्गलादेशमा ७.७, अफगानिस्तानमा ७.१, माल्दिभ्समा १२.७, पाकिस्तानमा ३०.८ र श्रीलङ्कामा ४.७ प्रतिशत सक्रिय केस थिए ।

चैत लग्दासम्म नेपालका सक्रिय ‘केस’को अवस्था उस्तै रहे पनि भुटान, भारत, श्रीलङ्का र पाकिस्तान लगायतका देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको थियो । निको हुने दर बढेर ९९ प्रतिशतसम्म पुगेको थियो । कोरोना निको हुन दर बढ्दै गएको थियो तर चैतको पहिलो सातादेखि भने सार्क मुलुकको सङ्क्रमण दर बढ्न थालेको छ ।

चैत १० गते मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार नेपालका सङ्क्रमितको दर बढेर ०.४ प्रतिशत पुगेको छ । भारतको तीन प्रतिशत, बङ्गलादेशको सात, पाकिस्तानको ४.७, श्रीलङ्काको ३.२, माल्दिभ्सको १०.८ र अफगानिस्ताको ७.१ प्रतिशत सक्रिय केस रहेको थियो ।

भुटानमा मात्र हाल सक्रिय केस शून्यको अवस्थामा छ । त्यहाँ एक साताअघि ०.१ प्रतिशत सक्रिय केस थियो । मृत्युदरको अवस्था भने ०.१ कै अवस्थामा कायम छ । जुन नेपालको हकमा १.१ प्रतिशत हाराहारी रहेको छ ।

नेपालमा थपिँदै सङ्क्रमित

केही दिनअघिसम्म दैनिक ५० जना जतिमा देखिने कोरोना सङ्क्रमण अहिले डेढ सय जनाको हाराहारीमा देखिन थालेको छ ।

बुधबार १८७ जनामा देखिएको सङ्क्रमण बिहीबार १४५ जनामा देखिएको थियो । शुक्रबार थप १५६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ५५, भक्तपुरमा दुई र ललितपुरमा नौ जना गरी उपत्यकामा ६६ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार ४१६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । शुक्रबार नै थप चार जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २४ पुगेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल