१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सीमामा एन्टिजेन परीक्षण बढाईंदै



धनगढी । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए, नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कुनै पनि व्यक्तिमा कोरोना भए नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले बताए । “यो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने आरडिटी पिसिआर विधि जस्तै मानिन्छ तर कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः आरडिटी पिसिआर पद्धतिबाट परीक्षण गर्नैपर्ने हुन्छ ।” यो एन्टिजेन विधिबाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ ।

कैलालीको त्रिनगर सीमानाकाको हेल्थ डेस्कमा खटिएका अहेब गणेश साउदले यो विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिने व्यक्तिको हकमा ती व्यक्ति बस्ने पालिकालाई खबर गर्ने गरिएको बताए । “एन्टिजेन परीक्षण गर्न कतिपय दिन भ्याइनभ्याइ हुन्छ”, साउदले भने, “समूहमा आउनेमध्ये शङ्कास्पद व्यक्तिको यस्तो परीक्षण गर्छौं, परीक्षण गर्दा सबैमा पोजेटिभ नतिजा आए समूहका सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्छौं ।”

स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म त्रिनगर र गड्डाचौकी सीमानाकाका हेल्थ डेस्कमा एक हजार २८० जनाको एन्टिजेन परीक्षण भइसकेकामा ३२ जनाको नतिजा पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ देखिएको छ ।

त्रिनगर (डोकेबजार) प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक रामप्रसाद अवस्थीले सीमा नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या कहिले बढ्ने कहिले घट्ने गरेको जानकारी दिए । “त्रिनगर (डोकेबजार) सीमा नाकाबाट हाल दैनिक ४०० देखि ६०० को हाराहारीमा नेपाली भित्रिने गरेका छन्”, उनले भने, “परीक्षणपछि आउने रिपोर्टका आधारमा व्यक्तिलाई सम्बन्धित ठाउँमा पठाउने व्यवस्थापन गरिरहेका छौँ ।”

पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ । यो रोगको सङ्क्रमण दर बढेसँगै रोजगारीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसको सङ्क्रमण जोखिम हुन नदिन तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको आदेशमा पछिल्ला दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दरमा वृद्धि भएको अवस्थामा खुला सिमानाका कारण कैलाली जिल्ला पनि उच्च जोखिमा रहेकाले फागु (होली) लगायतका पर्व, जात्रा, महोत्सव मनाउँदा भीडभाड नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन एवं एकापसमा भौतिक दूरी बनाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : ३१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर