३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालको राइनोजले भारतको साहारा क्लबलाई भारी रन अन्तरले हरायो



बुटवल । राइनोज क्रिकेट क्लव काठमाडौँले भैरहवामा जारी एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिताको आज भएको खेल जीतेको छ । उसले भारत चेन्नाईको साहारा क्रिकेट क्लवलाई एक सय १४ रनले हरायो ।

टच हारेर पहिले व्याटिङको निम्तो पाएको राइनोजले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको भारी स्कोर तयार पा¥यो । रोहित कुमार पौडेलले आक्रमक व्याटिङ्ग गर्दै ३८ बलमा ८९ रन बनाए । ओपनरका रुपमा आएका रोहित कुमार पौडेल र सुनिल चन्दले पहिलो विकेटकालागि एक सय ३४ रनको साझेदारी गरे ।

सुनिलले आफ्नो निजी ३० रन बनाउन सफल भए । प्रकाश केसी २६ तथा गजेन्द्र बोहाराले २५ रन बनाए । बलिङमा साहाराका बाबुले दुई, एबी, राज र अखिलले एक, एक विकेट लिए । दुई सय रनको लक्ष्य पछ्याएको साहारा ८५ रनमै समित र¥यो । १६ दशमलव चार बलमा सबै विकेट गुमाउँदै उसले एक सय १४ रनको हार व्यहोर्यो ।

साइदुर्गााले २३ तथा किरणले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । साहारालाई सस्तैमा रोक्न राइनोजका मान बहादुर थापाले तीन, कमल सिंह ऐरी र धिरज साहीले दुई दुई विकेट लिए ।

मंगलबार सेमिफाइनलका लागि समूह बीबाट राइनोट क्रिकेट क्लव काठमाडौँ र शंकरनगर क्रिकेट क्लव तिलोत्तमा तथा साहारा क्रिकेट क्लव भारत र गुज्रात लायन्स पाकिस्तानबीच हुने छ । समूह बी बाट वेष्टन क्रिकेट क्लब बुटवल र अर्सक क्रिकेट क्लब बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका