१७ भदौ २०८३, बुधबार | September 2, 2026

६१ सालमा लुकाएको बम ७७ सालमा डिस्पोज !



हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका– २ स्थित ठेहेगाउँमा फेला परेको २ थान बम नेपाली सेनाले निश्क्रिय पारेको छ । ठेहेगाँस्थित दुई घरको बीचमा भेटिएको १ थान सुतली बम र १ थान सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

ठेहेका स्थानीय तुला रावल र लोग भण्डारीको घरको बीच भागमा बम फेला परेको थियो । घरबाट बाहिर निस्कने क्रममा घर छेउमै प्लास्टिकमा बेरेर राखेको अवस्थामा बम जस्तु वस्तु देखेपनि तुला भण्डारीले प्रहरीलाई खबर गरेको थिए । बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको थियो ।

फेला परेको बम राखिएको प्लास्टिकमा बमसँगै २०६१ सालमा प्रकाशित जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले ६१ साल तिरै लुकाएको हुन सक्ने अनुमान गरिएको छ । बमसँगै २०६१ चैत्र २ गतेको जनादेश पत्रिका भेटिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४४ बजे

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर

घट्न सकेन किशोरी आमा बन्नेक्रम

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय