५ माघ २०८२, सोमबार | January 20, 2026

चीनद्वारा नेपाललाई कोरोना विरुद्धको खोप हस्तान्तरण



काठमाडौं । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी हुन् । राजदूत यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धी दस्ताबेज पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् ।

त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहयोगले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप मजबुद बनाएको बताएका छन् ।

यसैगरी राजदूत यान्छीले भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने राष्ट्रपति सी चिनफिङको प्रतिबद्धताको कार्यान्वयन भएको बताएकी थिइन् । यान्छीले
खोप हस्तान्तरण कार्यक्रम नेपाल र चीनबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत रहेको धारणा राखेकी थिइन् ।

चिनियाँ अनुदानको खोप आजै बिहान नेपाल एयरलाइन्सको विमानले बेइजिङबाट काठमाडौं ल्याएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : १९ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच