२२ भदौ २०८३, सोमबार | September 7, 2026

देशभर घट्यो तापमान



काठमाडौं । प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए ।

काठमाडौंमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उनले दिए ।

मौसमविद् पौडेलले भने, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ । एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ ।

गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ । पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।

सोमबारदेखि हावाको बहाव केही बढेकाले ‘भिजिबिलिटी’ सामान्य बढेको छ । सोमबार मध्याह्न आकाश खुलेर थोरै घाम देखिँदा काठमाडौं आसपास एक हजार पाँच सय ‘भिजिबिलिटी’ कायम भएको थियो । तर, साँझ पर्दै जाँदा तुवाँलो बाक्लिँदै गएको थियो । पौडेलले भने, “पानी नपरे पनि हावा राम्ररी चलेको खण्डमा वायु प्रदूषणमा थोरै कमी आउने सम्भावना छ । कतैकतै फाट्टफु्ट्ट पानी पर्ने सङ्केत रहे पनि बलियो प्रणाली छैन ।”

हावा चल्दा डढेलो बढ्ने

प्रदूषणको मुख्य कारकका रूपमा रहेको डढेलो नियन्त्रण हुन सकेको छैन । देशभर लागेको डढेलोलाई अहिले चलेको हावाको चापले झन् बढाउनेछ । आइतबार नेपालका २२५ स्थानमा डढेलो लागेको थियो । जिल्लागत रूपमा ५१ जिल्लामा डढेलो लागेको छ । सोमबार बिहान ३४ जिल्लाका ११५ स्थानमा आगलागी भएको जानकारी अग्निविद् सुन्दर शर्माले बताए ।

हावा चलेपछि डढेलो बढ्ने जानकारी गराउँदै शर्माले भने, “हावा, तापक्रम र सुक्खा यी तीन कुरा डढेलोका लागि इन्धन बराबर हुन्, त्यसैले हावा चल्यो भनेर खुसी हुने अवस्था छैन ।” उनका अनुसार डढेलोसँगै सतहबाट उडेको धुलो, धुवाँ र उद्योग कलकारखानाको इन्धनजन्य पदार्थले वायुमण्डलमा कडा प्रदूषण जन्माएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा