५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोनाबाट तंग्रिँदै चीन : ७१८ परियोजना पुनः सुरु, १ लाखभन्दा बढी काममा फर्किए



एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वका विभिन्न देशहरुमा फैलिरहेको छ ।

तर, सुरुआती संक्रमण देखिएको चीनमा भने यसको संक्रमण फैलने दरमा केही कमी देखिएको छ ।

यससँगै चीनले महत्वपूर्ण परियोजनाको निर्माण कार्य तथा व्यवसायलाई पुनः सुरु गर्ने र उत्पादन कार्यलाई अघि बढाएको सिआरआईले जनाएको छ ।

‘चीनका विभिन्न ठाउँमा गम्भीर रुपमा कोरोना भाइरसको प्रतिरोध गर्नुका साथै शक्तिशाली कदम चालेर महत्वपूर्ण परियोजनाको निर्माण तथा व्यवसाय पुनः शुरु गर्ने र उत्पादन कार्यलाई अघि बढाइएको छ,’ सिआरआइले मंगलबार भनेको छ ।

सन् २०२२ मा चीनको बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । त्यसको लागि आवश्यक पूर्वाधार निर्माणको काम पुनः सुरु गरिएको जनाइएको छ ।

‘मार्च दुई तारिखसम्म पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोह आयोजना हुने पैचिङ क्षेत्र र यान छिङ्ग क्षेत्र रहेका पच्चीस वटा परियोजनामध्ये चौबिस वटा सुव्यवस्थित रुपमा पुनः सुरु भएका छन्,’ सिआरआइले भनेको छ, ‘निर्माण योजना अनुसार, हिउँदे ओलम्पिक खेलकुद समारोहका सबै रङ्गशालाहरु सन् २०२० को अन्त्यमा पूरा हुने छन् ।’

चीनले कोरोनाका कारण प्रभावित भएका व्यवसायको जग्गा भाडा हटाएर लागत घटाएको जनाइएको छ । सो जानकारीमा ‘बजारको जीवन्त शक्ति थप्न शाङहाई सरकारले सम्बन्धित नीति चालेर कोभिड १९ प्रभावित अवधिमा व्यवसायको जग्गा भाडालाई हटाएर व्यवसायको लागतलाई घटाएको छ,’ उल्लेख छ ।

त्यस्तै छान्तु सहरमा निर्माण गरिएका ७१८ परियोजना पुनः सुरु भएका र ती परियोजनामा काममा फर्केका कर्मचारीको संख्या १ लाख १० हजारभन्दा बढी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ०५ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान