२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोनाबाट तंग्रिँदै चीन : ७१८ परियोजना पुनः सुरु, १ लाखभन्दा बढी काममा फर्किए



एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वका विभिन्न देशहरुमा फैलिरहेको छ ।

तर, सुरुआती संक्रमण देखिएको चीनमा भने यसको संक्रमण फैलने दरमा केही कमी देखिएको छ ।

यससँगै चीनले महत्वपूर्ण परियोजनाको निर्माण कार्य तथा व्यवसायलाई पुनः सुरु गर्ने र उत्पादन कार्यलाई अघि बढाएको सिआरआईले जनाएको छ ।

‘चीनका विभिन्न ठाउँमा गम्भीर रुपमा कोरोना भाइरसको प्रतिरोध गर्नुका साथै शक्तिशाली कदम चालेर महत्वपूर्ण परियोजनाको निर्माण तथा व्यवसाय पुनः शुरु गर्ने र उत्पादन कार्यलाई अघि बढाइएको छ,’ सिआरआइले मंगलबार भनेको छ ।

सन् २०२२ मा चीनको बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । त्यसको लागि आवश्यक पूर्वाधार निर्माणको काम पुनः सुरु गरिएको जनाइएको छ ।

‘मार्च दुई तारिखसम्म पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोह आयोजना हुने पैचिङ क्षेत्र र यान छिङ्ग क्षेत्र रहेका पच्चीस वटा परियोजनामध्ये चौबिस वटा सुव्यवस्थित रुपमा पुनः सुरु भएका छन्,’ सिआरआइले भनेको छ, ‘निर्माण योजना अनुसार, हिउँदे ओलम्पिक खेलकुद समारोहका सबै रङ्गशालाहरु सन् २०२० को अन्त्यमा पूरा हुने छन् ।’

चीनले कोरोनाका कारण प्रभावित भएका व्यवसायको जग्गा भाडा हटाएर लागत घटाएको जनाइएको छ । सो जानकारीमा ‘बजारको जीवन्त शक्ति थप्न शाङहाई सरकारले सम्बन्धित नीति चालेर कोभिड १९ प्रभावित अवधिमा व्यवसायको जग्गा भाडालाई हटाएर व्यवसायको लागतलाई घटाएको छ,’ उल्लेख छ ।

त्यस्तै छान्तु सहरमा निर्माण गरिएका ७१८ परियोजना पुनः सुरु भएका र ती परियोजनामा काममा फर्केका कर्मचारीको संख्या १ लाख १० हजारभन्दा बढी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ०५ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच