३२ असार २०८३, बिहिबार | July 16, 2026

भारतीय सेनाले उपलब्ध गराएको एक लाख डोज कोरोना खोप नेपाली सेनालाई हस्तान्तरण



काठमाडौं । भारतीय सेनाद्वारा सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोरोना खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

जंङ्गी अड्‍डामा मंगलबार आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा कोभिसिल्ड खोप सेनालाई हस्तान्तरण भएको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरेका छन् ।

त्यसअघि कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फ्रेन्समार्फत उक्त खोप प्रधान सेनापति थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका थिए ।

 

प्रत्युत्तरमा प्रधान सेनापति पूर्ण चन्द्र थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यो सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारी विरुद्धको लडाईंमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना ब्यक्त गर्नु गरेको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : १९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना