५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

प्रदेश ५ मा कृषि पढेका युवाहरु बेरोजगार बस्न नपर्ने



बुटवल । प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशमा कृषि तथा पशु बिषयमा अध्ययन गरेका युवाहरुलाई अनुदान दिएर कृषि उद्यममा लगाउने भएको छ ।

मन्त्रालयले आज सार्वजानिक गरेको कार्यक्रम अनुसार कृषि तथा बन बिज्ञान बिषयमा अध्ययन गरेका युवाहरुले बिषयगत उद्यम गर्न चाहे सरकारले १० लाख सम्म अनुदान दिने ब्यवस्था गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष ०७६/७७का लागि तयार पारेको प्रस्तावहरु जानकारी गराउने उद्देश्यले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बिज्ञ युवाहरुको जागिरे प्रबृतिलाई परिवर्तन गर्न युवा केन्द्रित अनुदानको कार्यक्रम ल्याईएको बताउनुभयो ।

उहांले संघ, प्रदेश र स्थानीय तहका बिच समन्वय हुन नसक्दा सरकारले गर्न खोजेका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको बताउंदै बिगतको शिक्षा लिएर आगामी दिनमा समन्ययलाई प्रभावकारी बनाउंदै लगिने बताउनुभयो ।

मन्त्रालयले सार्वजानकी गरेको नयां कार्यक्रमहरुमा प्रदेशका बिभिन्न जिल्लाहरुमा प्राराङ्गारीक उत्पादन क्षेत्र बनाउने , भुमिहिनहरुकालागि ल्याईएको करार खेति कार्यक्रमलाई सबै कृषहरुका लागि खुल्ला गर्ने, चलबन्दी सहितको नमुना कृषि फर्महरुलाई प्रोत्साहन दिने, कृषि बस्तुको प्रशोधन उद्योगको स्थापना गर्ने , च्याउ ग्रामको बिस्तार गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएकाछन् । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा हरित स्वयम सेवकहरु प्रिचालन गर्दै सरकारका अनुदानहरु वस्तबिक किसान सम्म पुगे नपुगेको रिपोर्ट लिने ब्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

गत आर्थिक वर्षमा मन्त्रालयले बितरण गरेको अनदानमा दुरुपयोग भएको भन्द्रै प्रदेश सभाको संसदिय समितीले प्रतिबेदन बुझाएपछि कृषि मन्त्रालयको अनुदान कार्यक्रम आलोचित बनेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ०५ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको