१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने सम्झौता



काठमाडौ । नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।

बैंकको नक्साल परिसरमा भएको कार्यक्रममा बैंकका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी,F1 Soft International का बिश्वास ढकाल र U.K. Aid अन्तर्गतको SEEP “सीप” का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिको बीचमा यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको हो ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतमDown payment / EMI payment options लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।

हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भईरहेको छ ।
आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ३२ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा